मध्य मर्स्याङ्दी जलविद्युत आयोजना मर्मतका लागि आगामी साताबाट बन्द गरिने
७० मेघाबाट क्षमताको मध्य मर्स्याङ्दी जलविद्युत आयोजना मर्मतका लागि आगामी साताबाट बन्द गरिने भएको छ । यसले लोडसेडिङ बढ्ने अनुमान छ । हाल दैनिक १४ घण्टासम्म लोडसेडिङ हुँदै आएको छ ।
आयोजनाको जलासयमा रहेका गिट्टी तथा वालुबा निकाल्न र टरबाइन मर्मत गर्नु पर्ने भएकाले आयोजना बन्द गर्नु परेको बताइएको छ । मर्मतका लागि प्राविधिकहरु आयोजना स्थल लमजुङ पुगिसेकेका छन् भने सामानहरु लगिँदैछ । मध्य मर्स्याङ्दी झण्डै चार वर्ष अघि सञ्चालनमा आएको थियो ।