biGchitwan.com | Latest happening from Chitwan….News,Entertainment,Blogs,Articles,Technology updates,Business,Forum & many more..

भोलि बिहान सूर्यग्रहण
भोली बिहान सुर्य ग्रहण लाग्ने भएको छ।  एकाबिहानै लाग्ने खण्डग्रास सूर्यग्रहण नेपालको पूर्वी भागबाट मात्र केही क्षणका लागि अवलोकन गर्न सकिने वीपी कोइराला मेमोरियल प्लानेटेरियम तथा अब्जरभेटरी विज्ञान संग्रहालयले जनाएको छ। नेपालभन्दा बाहिरबाट बलायकार सूर्यग्रहण देखिएतापनि नेपालबाट खण्डग्रास सूर्यग्रहणको रुपमा मात्र देख्न सकिने संग्रहालयले जनाएको छ। पूर्वी नेपालको झापा, इलाम, ताप्लेजुङ, तेह्रथुम, धनकुटा, संखुवासभा, सुनसरी, भोजपुर, खोटाङ, सोलुखुम्बु, मोरङ आदि ठाउँबाट बिहानको सूर्योदय लगत्तै ५:०३ मा दुईदेखि बढीमा ४ मिनेटसम्म करिब ६० प्रतिशत ढाकिएको अवस्थामा देख्न सकिनेछ।

सूर्य ग्रहणको स्पर्श एसियाको चीनबाट नेपाली समय अनुसार बिहान २४१ बजे सुरु भएर जापान तथा प्रशान्त महासागरमाथि हुँदै मोक्ष बिहान ८ बजेर ४४ मिनेटमा मध्य अमेरिकामा हुनेछ।

इटलीमा भूकम्प : ६ को मृत्यु
उत्तरी इटलीमा गएको भूकम्पमा परी कम्तिमा छ जनाको मृत्यु भएको छ भने ५० अन्य घाइते भएका छन्। बोलोग्ना नजिकै गएको भूकम्पको तीव्रता ५ दशमलव ९ रेक्टर स्केलको थियो।स्थानीय समयअनुसार बिहानको ४ बजेपछि आएको उक्त भूकम्पका कारण भवनहरू भत्केका थिए भने धेरै ऐतिहासिक भवनहरूमा क्षति पुगेको थियो। भूकम्प आएको थाहा पाएपछि हजारौँको संख्यामा मानिस घरबाट बाहिर निस्केका थिए।इटलीका सञ्चार माध्यमहरूका अनुसार मृत्यु हुनेमध्ये चार जना रात्रिकालीन समयमा काम गर्ने कामदार थिए। तीन जनाको मृत्यु भने सेन्ट एग्स्टिनो डि फेरारा सहरमा एउटा सेरामिक्स कारखानाको छत ढलेपछि त्यसैमा थिचिएर भएको थियो।

अर्का एक जनाको मृत्यु पोन्टे रोडोनी डो बोन्डेनोस्थित पोलिस्टर कारखानामा भएको थियो।

source:nagarik

मुस्लिम संघर्ष गठबन्धनद्धारा आन्दोलनका कार्यक्रम फिर्ता
आफ्ना माग सम्वोधन गर्न सरकार सहमत भएपछि मुस्लिम संघर्ष गठवन्धनले आफ्ना आन्दोलनका कार्यक्रम फिर्ता लिएको छ । आइतवार सिंहरदवारस्थित शान्ति मन्त्रालयमा भएको वार्तामा सरकार र मुस्लिम संघर्ष समितिवीच ११ बुँदे सहमति भएको छ ।सरकार नयाँ संविधानमा मुस्लिमहरुको छुट्टै पहिचान स्थापित गर्न सहमत भएपछि आन्दोलन फिर्ता भएको हो ।

जुकरबर्गले गरे विहे
चर्चित समाजिक सञ्जाल फेसबुकका संस्थापक मार्क जुकरबर्गले विवाह गरेका छन् । उनले  गलफ्रेण्ड २७ वर्षीया प्रिसिला चानसँग क्यालिफोर्नियास्थित आफ्नै पाओ आल्टोको घरमा विवाह गरेका हुन् ।उनीहरुले  बिच बिगत ९ बर्ष देखीको प्रेम सम्बन्धलाई बिहेमा परिणत गरेका हुन। गएको  शुक्रबार मात्र फेसबुकको शेयर बजारमा गएको थियो । यही व्यस्थताका बीच जकुरबर्गले विवाह गरेका हुन् ।

प्रचण्डले जनजातिलाई उक्साएर द्धन्द्ध बढाएको आरोप
तीन दलबीच ११ प्रदेशमा भएको सहमति विरुद्ध असहमतिको स्वरहरु बढिरहेको बेला त्यसलाई सच्याउने रणनीतिसाथ प्रधानमन्त्री डा। बाबुराम भट्टराईले आज बोलाएको तीन दलको शिर्ष बैठक काग्रेस र एमालेले बहिस्कार गरेका छन् ।

दुबै दलका नेताहरुले सरकारमा बसेर माओवादीले आफै नेपाल बन्द गराएर मुलुकमा संकटकाल लगाउन खोजेको आरोप लगाउँदै बैठक बहिस्कार गरेको बताइएको छ ।

दुबै दलका नेताहरुले माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आदीवासी जनजाति नेताहरुलाई सडकमा प्रतिकार गर्न उक्साएर बन्द गर्न लगाएको भन्दै माओवादीले मुलुकमा मुडभेड निम्त्याउन खोजेको र अराजकता मच्याई रजाई गर्न खोजेको आरोप पनि लगाए ।

दुई दलका नेताले बहिस्कार गरेपछि बालुवाटार बैठक स्थगित भएको छ ।

उता, संघीय ढाँचामा राज्य पुनर्संरचना गर्दा ११ प्रदेश बनाउने भनी ५ दिनअघि तीन दलबीच भएको सहमति खारेज गर्ने जानकारी माओवादी अध्यक्ष पुष्पकमल दाहालले हिजो नै आन्दोलनरत जनजाति र मधेसी सभासदहरूलाई जानकारी गराएका थिए ।

नाम खालि राखी ११ प्रदेशको प्रस्ताव नयाँ संविधानमा राखेर जारी गर्ने भनी एकीकृत माओवादी, कांग्रेस र एमालेबीच जेठ २ गते बालुवाटारमा लिखित सहमति भएको थियो। त्यसविरुद्ध संविधानसभामा रहेका माओवादी, कांग्रेस, एमाले, मधेस केन्द्रित दलहरू लगायतका ३ सय २० जनजाति, मधेसी र अल्पसंख्यक समुदायका सभासदले हस्ताक्षर संकलन गरी माओवादी अध्यक्ष दाहाललाई शनिबार अपराह्न संविधानसभा भवनमा बुझाएपछि दाहाल ११ प्रदेशको सहमति उल्टाउन तयार भएका हुन ।

उनले हिजो राजधानीमा भएको नेवार समुदायको सभामा पनि ११ प्रदेशको सहमतिको औचित्य सकिएको बताएका थिए ।

source:imagechannel

फेरी अर्को बन्द
पहिचान सहितको संघीयताको माग गर्दै आदिवासी जनजाति संयुक्त संर्घष समिति लगायतका विभिन्न संर्घष समितिले गरेको बन्दका कारण आइतबार चितवन को जनजीवन प्रभावित भएको छ । बन्दका कारण बजार पूर्णरुपमा ठप्प रहेको छ भने यातायातका साधन चल्न सकेका छैनन।

राष्ट्रियरुपमा नै चितवनको एएटा विशिष्ट पहिचान छ
अखण्ड सुदूरपश्चिमको माग राख्दै आएका सुदूरपश्चिमबासीसँग प्रतिकार गर्न आफ्ना कार्यकर्तालाई निर्देशन दिएका एकीकृत नेकपा (माओवादी) का अध्यक्ष पुष्पकमल दाहालले चितवन भने अखण्ड नै रहने दोहोर्‍याएका छन्।नारायणी नमूना उच्च मावि भरतपुरको स्वर्ण  महोत्सवमा आज संबोधन गर्दे प्रचण्डले यस्तो बताउनुभएको हो । दलहरुबीच गंभिर ढंगले सहमतीको प्रयास जारी रहेकाले भोलीसम्म ठोष निश्कर्षनिश्कनेँ उहाँले बिश्वास ब्यक्त गर्नुभयो । प्रकृया जतिसक्दो छोट्याएर भएपनि निर्धारीत जेठ १४ मै संबिधान जारी गर्न शिर्षराजनैतीक नेतृत्व लागेको प्रचण्डले बताउनुभयो ।

आँफू अनुकूलको राज्य र संबिधान बनाउन माग गर्नु र दबाब दिनु सामान्य भएपनि त्यसले सामाजीक,जातीय र राष्ट्रिय एकता खलबलिन नहुनेँमा प्रचण्डले जोड दिनुभयो । मुलुक इतिहाँसकै जटिल मोडमा रहेको उल्लेख गर्दे पुर्व प्रधानमन्त्रि समेत रहनुभउका प्रचण्डले यो अवस्थामा बिबेक पुर्‍याउन नसके नेपाली समाज ठूलो अफ्ठेरोमा फँस्नेँ भन्दै सचेत रहन आग्रह गर्नुभयो ।

राज्य पुनःसंरचनामा चितवनको प्रसङ्ग कोट्याउँदै प्रचण्डले यो जिल्ला केन्द्र शाषित बिशेष क्षेत्र  हुनेँ स्पष्ट पार्नुभयो । मकवानपुरको पश्चिमी भाग र नवलपरासीको नवलपुरलाई मिलाएर  चितवनलाई बिशिष्ट क्षेत्र बनाउन आँफूले प्रस्ताब गरेको प्रचण्डले जानकारी गराउनुभयो । अखण्ड लगायतका शब्द प्रयोग नगर्नुभएका प्रचण्डले आँफ्नो प्रयासमा चितवनबासीको साथ रहनेँ बिश्वास ब्यक्त गर्नुभयो ।

३ लाख कुखुरा चल्ला खाल्डोमा गाडियो
चितवन जिल्लामा लगातारको बन्दका कारण यहाँ उत्पादित कुखुराका चल्ला खाल्डोमा गाड्नुपर्ने अवस्था आएको भन्दै व्यावसायीहरुले चिन्ता प्रकट गरेका छन्। जिल्ला ह्याचरी सङ्घले दिएको जानकारीअनुसार चितवनमा एक हप्ताको अन्तरालमा तीन लाख जति कुखुराका चल्ला खाल्डोमा गाडिएको छ। ह्याचरी सङ्घ चितवनका अध्यक्ष टीका पोख्रेलले चितवनमा हप्तामा पाँच लाख चल्ला उत्पादन हुने गरेकामा तीन लाख चल्ला खाल्डोमा हालेर नष्ट गर्नुपरेको जानकारी दिए। उनले आफ्नो मात्रै १५ हजारको हाराहारीमा कुखुराका चल्ला खाल्डोमा गाडिसकेको बताए। लगातारको बन्दले चल्लाको बजार ठप्प भएकाले बिक्री नभएर चल्ला नष्ट गर्न बाध्य भएको उनले उल्लेख गरे।

चितवनको उद्योग व्यवसायमा बन्दका कारण दैनिक साढे चार करोड रुपैयाँ बराबरको क्षति भइरहेको भन्दै व्यवसायीहरुले चिन्तासमेत प्रकट गरेका छन्।

चितवनका विगत हप्तादेखि लगातारजसो बन्द हुँदै आएको छ। चितवनमा ५३ वटा चल्ला उत्पादन गर्ने ह्याचरी छन्। यस्तै, दाना उद्योग ३५, ठूला पोल्ट्रीफर्म १०० र साना एक हजार रहेका छन्। व्यवसायीहरुले बन्दलाई माग पूरा गर्ने विकल्प नबनाउनसमेत सबैमा आग्रह गरेका छन्।

उद्योग वाणिज्य सङ्घ चितवनले दिएको तथ्याङ्कअनुसार चितवनमा पोल्ट्रीजन्य वस्तु, फलफूल, तरकारी, दूध तथा अन्य व्यवसायमा गरी दैनिक साढे चार करोड रुपैयाँ बराबरको क्षति हुने गरेको छ।

उद्योग वाणिज्य सङ्घ चितवनका अध्यक्ष तथा दाना उद्योग सङ्घका केन्द्रीय अध्यक्ष तिलचन्द्र भट्टराईले तयारी कुखुरा र कुखुराजन्य पदार्थ सम्बन्धित ठाउँमा पुर्‍याउन नसक्दा व्यावसायीहरुले ठूलो घाटा बेहोर्नुपरेको बताए।

घाटामध्ये कुखुराजन्य वस्तुमा ६० प्रतिशत असर परेको उनले बताए। चितवन नेपालमै कुखुरा उत्पादनका लागि महत्वपूर्ण जिल्ला हो। यहाँ नेपालकै ६० प्रतिशत कुखुरा उत्पादन हुने गरेको छ।

source:nagarik

आलो पालो बन्द
विभिन्न संघ संगठन र दलले एकै समय र ठाउँमा बन्द र विरोधका कार्यक्र आयोजना गर्ने होड चलेपछि चितवन जिल्ला प्रशासन कार्यालयमा बिहीबार साँझ भएको सर्व पक्षीय बैठकले संघ संगठनलाई प्रदर्शन गर्ने रुट र समय निर्धारण गरेको छ।ब्राह्मण क्षेत्री लगायतको संयुक्त संघर्ष समितिको बन्द फिर्ता भए पनि चितवनमा थारु समुदाय र राप्रपा नेपालको बन्द यथावत छ।

चितवनका प्रमुख जिल्ला अधिकारी गणेशराज कार्की, जिल्लामा क्रियाशिल दलका प्रतिनिधि, बन्द र प्रदर्शन आयोजना गर्ने संघ संगठनका प्रतिनिधि र सुरक्षा निकायका प्रमुखसहितको बैठकले गरेको निर्णय अनुसार थारु समुदायले भरतपुर केन्द्रीय बस टर्मिनलबाट र्‍याली निकालेर भरतपुर, चौविसकोठी, नारायणगढको लायन्स चोक हुँदै पुलचोकमा पुगेर सभा गर्ने छन्।

सहमति अनुसार थारु समुदायले बिहान ११ बजे जुलुस सुरु गरेर दिउँसो तीन बजे कार्यक्रम समापन गर्न पर्ने छ। थारु समुदायको प्रदर्शन क्षेत्रमा अन्य बन्द आयोजक र प्रदर्शनकारी जान पाउने छैनन्। लाठी, रड जस्ता घातक सामाग्री लिएर प्रदर्शन गर्न नपाइने सहमति पनि सो बैठकमा भएको चितवन जिल्ला प्रहरी कार्यालयबाट जानकारी प्राप्त भएको छ।

source:nagarik

बागेश्वरीमा रहेको मेडीकल कलेज हटाउन माग
देबघाटको बागेश्वरीमा रहेको मेडीकल कलेज हटाउन माग गर्दै बागेश्वरीमा बिहीबार भएको भेलाले आज ११ सदस्सीय स्टेरीगं कमीटी गरेको छ । बागेश्वरी स्थीत मेडीकल कलेज हटाउनका लागि देबघाट क्षेत्र बिकास समिती, बागेश्वी आध्यात्मीक परीषद, जल देबी बन समिती र स्थानिय बुद्धिजिबीहरुको संयुक्त छलफलले सो कमीटी गठन गरेको हो । कमीटीको संयोजकमा शान्त प्रसाद पोख्रेल, सदस्य सचिबमा हिरामणी चापागाई,सदस्यहरुमा खिमलाल भण्डारी, पुर्णबहादुर श्रेष्ठ, शैलेन्द्र पिया, कृष्णहरी देबकोट, शुकमाया भुजेल, शरदरञ्न श्रेष्ठ, नबराज ढकाल, धन प्रसाद श्रेष्ठ, आनन्द प्रसाद भट्राई लगाएत रहनु भएको छ । साथै भेलाले भोली चितवनका राजनैतिक दल संग अन्र्तकृया कार्यक्रम समेत गर्ने जनाएको छ ।